Thaha

Saturday 20 April - 11:14 am NST

वाइसियलद्धारा चितवनमा अवैध डिजेलसहितको ट्रक नियन्त्रणमा, प्रहरीको जिम्मा लगायो


काठमण्डौं, २३ फागुन । 


एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसिएलले आज बिहान चितवनमा ११ हजार लिटर डिजेल बरामद गरी प्रहरीको जिम्मा लगाएको छ । नवलपरासीको त्रिवेणीबाट काठमाडौं ल्याउन लागेको डिजेलसहितको ना ४ ख ५५९४ नम्बरको मालबाहक ट्रक रामनगरबाट नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको चितवन वाइसिएल इञ्चार्ज इश्वर सापकोटाले जानकारी दिनुभयो ।

अशोक चौधरी नाम गरेका ब्यक्तिले मालबाहक ट्रकमा राखेर ४६ वटा ड्रममा डिजेल ल्याउँदै गरेको अवस्थामा आफुहरुले बिहान ५ बजे नै नियन्त्रणमा लिएको र बिहान ७ बजे चितवन प्रहरीको जिम्मा लगाएको इन्चार्ज सापकोटाले थाहा सन्चार नेटवर्कलाई जानकारी दिनुभयो । नवलपरासीदेखि नै साइकलमा ओसार्दै गाडीमा लोड गर्दै गरेको सूचना पाएपछि अवैध भन्ने लागेपछि नियन्त्रणमा लिएको सापकोटाले बताउनुभयो । अहिले ट्रक चालक र सहचालकलाई डिजलसहित जिल्ला प्रहरी कार्यलयमा राखिएको प्रहरीले जनाएको छ ।