Thaha

Saturday 21 September - 11:37 pm NST

कांग्रेसलाई गणतन्त्र र धर्म निरपेक्षता रक्षाका लागि ध्यान दिन मसालको आग्रह

काठमाडौं, २१ फागुन । नेकपा मसालले गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि विशेष ध्यान दिन नेपाली काँग्रेसलाई आग्रह गरेको छ । 
मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति निकालेर महाधिवेशन मार्फत गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न काँग्रेसलाई आग्रह गर्नुभएको हो । गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध भारतीय विस्तारवादले दबाब दिएको र काँग्रेसमा पनि त्यस्ता स्वर उठेकोमा मसालले आपत्ति जनाएको छ । नेपाली काँग्रेस भित्र हिन्दू राष्ट्र र राजतन्त्रको पुनस्र्थापना लागि आवाज उठाउने पक्षले वी.पी.को राष्ट्रिय मेलमिलापको नीतिलाई हतियारको रूपमा प्रयोग गरेर प्रतिगामी उद्देश्य पुरा गर्न  खोजेको मसालको ठहर छ । अहिले वीपी जीवीत रहेका भए प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउन गणतन्त्र र धर्म निरपेक्षतालाई स्वीकार्थे भनेर मसालले दावी गरेको छ । आफूलाई वीपीको सच्चा उत्तराधिकारी दावी गर्नेहरुले वीपीको अवमूल्यन गरेको मसालको निष्कर्ष छ । 
वीपी पुत्र शंशाक कोईरालाले गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गरिरहेका बेला मसालले त्यसप्रति कडा आपत्ति जनाएको हो । राष्ट्रियता गणतन्त्र, र धर्मनिपेक्षताका पक्षमा निर्णय गरे मात्रै काँग्रेसको महाधिवेशन सफल हुने मसालको विज्ञप्तिमा उल्लेख छ । मधेशका मुद्दामा लचिलो भएर संविधान संशोधनमा लचिलो हुने कुराको पनि मसालले विरोध गरेको छ ।