Thaha

Saturday 21 September - 11:21 pm NST

कांग्रेस महाधिवेशनमा सहभागी हुन अतिथीहरुको आगमन

काठमाण्डौं, फागुन १९ । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सहभागी हुन आमन्त्रित विदेशी अतिथिहरु आउनेक्रम सुरु भएको छ । भोलीदेखी सुरु हुने कांग्रेसको महाधिवेशनका लागि आज भारतको बिहारका मुख्यमन्त्री नितिश कुमार काठमाडौं आइपुग्नुभएको छ ।

नेता नितिश कुमारले आजै महाराजगञ्जस्थित काँग्रेस नेता शशांक कोइरालाको निवासमा पुगेर कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाप्रति श्रद्धाञ्जलि दिँदै हुनुहुन्छ । उहाँले आजै राष्ट्रपती विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।

मुख्यमन्त्री कुमारले दिउँसो साँढे ४ बजे राष्ट्रपति भाण्डारीलाई भेट गर्नुहुनेछ । त्यस्तै, साँझ ६ बजे प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई  ४ बजे भेट्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।