Thaha

Saturday 21 September - 10:56 pm NST

दुई डेपुटी गभर्नर नियुक्त


काठमाण्डौं, फागुन १९ । सरकारले नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नर नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठलाई राष्ट्रबैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

शिवाकोटी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक र श्रेष्ठ मानव संशासन विभागका निर्देशक हुनुहुन्थ्यो । मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकका गर्भनरले सिफारिस गरेका नाममध्येबाट दुई जनालाई नियुक्त गर्ने कानुनी व्यवस्था छ । कानुनअनुसार गर्भनरले ५० प्रतिशत भन्दा बढी नाम सिफारिस गर्न पाउँछन् ।

मन्त्रिपरिषद् बैठकले हङकङ, ल्हासा र कोलाकातामा महावाणिज्य दूतहरु पनि नियुक्त गरेको छ । सहसचिव एकनारायण अर्याललाई कोलकाताको महावाणिज्य दूत, गोविन्द कार्कीलाई ल्हासा र कमल भट्टराईलाई हङकङको महावाणिज्य दूतमा नियुक्त गरिएको हो । त्यसैगरी मन्त्रिपरिषद बैठकले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनर्निर्माणका लागि ऋण सहयोग वितरणसम्बन्धी कार्यविधिसमेत पारित गरेको सूचना तथा सञ्चारमन्त्री राईले जानकारी दिनुभयो ।

बैठकले छिन्ताङ एवं टिम्बुरबोटे काण्डका सहिद एवं वेपत्ता परिवारका विषयमा एउटा कार्यदल बनाएको छ ।