Thaha

Saturday 21 September - 10:39 pm NST

उपभोक्ता सचेत नहुँदा प्लाष्टिक झोला प्रतिबन्ध प्रभावकारी बनेन

काठमाडौं, १९ फागुन । काठमाडौंमा प्लाष्टिक झोलाको प्रयोग निषेध गरिएपनि उपभोक्ता नै सचेत नदेखिंदा प्रतिबन्ध प्रभावकारी बन्न सकेको छैन । गएको वर्ष बैशाख १ गते देखि नै प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाईएको भएपनि उपभोक्ता सचेत नदेखिंदा प्रयोग रोकिन नसकेको विज्ञान प्रविधी तथा वातावरण मन्त्रालयका अधिकारीहरुले बताएका छन् । किनमेल गर्न जाँदा घरबाटै कागज वा कपडाको झोला लैजाने हो भने प्लाष्टिकको झोलामाथिको प्रतिबन्ध प्रभावकारी हुनसक्ने मन्त्रालय अन्तर्गतको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताउनुभयो । विभागले अनुगमन र कारवाहीलाई तिव्र पारिरहँदा प्रतिबन्ध हटेको झुटो प्रचार गरिएको भन्दै प्रतिबन्ध कायमै रहेको स्पष्ट पारेको छ । शुरुमा बजार र पसलमा अनुगमन गरी प्लाष्टिकको झोला जफत गर्ने गरिएकोमा अहिले उद्योगहरुमा अनुगमन केन्द्रित गरिएको छ । पौडेलका अनुसार २ वटा उद्योगबाट ११ टन भन्दा बढी प्लाष्टिकको झोला जफत गरिएको, १ लाख ५० हजार सम्म जरिवाना गरिएको, एकजना उद्योगीसंग बयान लिईएको र अर्का एक उद्योगीसंग बयान लिने काम भईरहेको छ ।

सरकारले गएको वर्ष चैत १८ गते राजपत्रमा सूचना प्रकाशित गरी २०×३५ ईन्च साईज र ४० माईक्रोन मोटाई सम्मका प्लाष्टिक झोलाको आयात, भण्डारण, विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।