Thaha

Saturday 21 September - 10:47 pm NST

संस्थापन पक्षबाटै तीन जनाले सभापति सहितको प्यानल घोषणाको तयारी

काठमाडौं, १९ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि कार्यवहाक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले आज सभापति सहित प्यानलको घोषणा गर्दैछन । पौडेल नेतृत्वको समूहले दिउँसो चारबजे ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सबै पदाधिकारी सहित प्यानल घोषणाको तयारी गरेको छ । पौडेल समूहबाट महामन्त्रीमा डाक्टर शशांक कोइरालाले उम्मेदवारी दिनुहुनेछ । कोषाध्यक्ष भने अहिलेसम्म तय नभएको पौडेल निकट नेताहरुले बताएका छन । त्यस्तै पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर आफ्नो प्यानल सार्वजनिक गर्ने तयारी गर्नु भएको छ । सिटौला प्यानलबाट युवानेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ । सिटौला समूहले बत्तिसपुतलीमा रहेको अनुपम पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । त्यस्तै विदेश विभाग प्रमुख सुजाता कोइरालाले पनि दिउँसो एक बजे प्यानल सहित सभापतिको उम्मेदवारी घोषणा गर्ने तयारी गर्नु भएको छ । तर वरिष्ठ नेता शेरबहादुर देउवाको समूहले भने भोलीमात्र  उम्मेदवारी घोषणा गर्ने जनाएको छ । नेता डाक्टर प्रकाशशरण महतका अनुसार भोली बिहानसम्म प्यानल घोषणा हुनेछ ।