Thaha

Sunday 20 April - 2:53 pm NST

नयाँ शक्तिले विभिन्न समाजिक अभियान चलाउने


काठमण्डौं, १८ फागुन । 
डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले दुई महिनासम्म विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा ४ दिनसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले नागरिक र देशको समस्या केन्द्रित देशभर अभियान चलाउने निर्णय गरेको हो । शिक्षा÷स्वास्थ्य महंगी, कृत्रिम अभाव, भूकम्प–पीडित जनताका समस्यासँग सम्बन्धित, विभिन्न हिंसा विरुद्धका सामाजिक अभियानहरु चलाउन लागेको नयाँ शक्ति अभियानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।  

हरियो काठमाडौं, सफा काठमाडौं अभियान सञ्चालन गर्ने , भ्रष्टाचारविरुद्ध हेल्प डेक्स स्थापना, नेपाली उत्पादनको प्रयोगमा जोड, राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान चलाइने नयाँ शक्तिले जनाएको छ । नयां शक्तिका संयोजक डा.बाबुराम भट्टराईले नेपाली राजनितीलाई भ्रष्टचार मुक्त बनाउने लक्ष्य अनुसार आफुहरुले बोलेको कुरा गरेर देखाउने दावि गर्नुभयो 


भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओली भारत खसै उपलब्धिमुलक नभएको टिप्पणी गर्नु भएको छ । दुइदेशबिच सम्बन्धमा केही सुधार आएजस्तो देखिएपनि अन्य पक्षबाट हेर्दा खासै उपलब्धिपुर्ण नभएको उहाँले बताउनुभयोे । नयाँ शक्ति नेपालले आज आर्थिक कार्यविधी पनि सार्वजानिक गरेको छ । सदस्यता शुल्क, चन्दा संकलनलगायत गरी आर्थिक पारदर्सिता कायम गर्ने दाविसहित विभिन्न ३५ बुँदे आर्थिक कार्यविधी आर्थिक विभाग प्रमुख रामेश्वर खनालले प्रस्तुत गर्नुभएको हो ।