Thaha

Saturday 21 September - 11:19 pm NST

भारतले नेपाललाई दिने अनुदान रकम घटायो

काठमाण्डौं, फागनु १८ । भारतले यो वर्ष नेपाललाई दिने अनुदान रकम घटाएको छ । भारतको तल्लो सदन लोकसभामा केन्द्रीय वित्त मन्त्री अरुण जेट्लीले पेश गरेको सन् २०१६–०१७ को बजेटमा नेपाललाई दिने रकम घटाइएको हो ।

भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसले भारतले नेपाललाई अनुदान दिने रकम गत वर्षभन्दा ४० प्रतिशत कटौती गरको जनाएको छ । भारतले गत वर्ष ४ सय २० करोड भारतीय रुपैयाँ नेपाललाई दिन  छुट्याएको थियो भने यो वर्ष ३ सय करोड भारु मात्र छुट्याएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबाट  दुई देशबीचको असमझदारी हटेको बताउँदै आएपनि भ्रमण लगत्तै भारतले अनुदान रकम कटौती गरेको हो ।

यसअघि दिएको अनुदान रकम सबै खर्च नभएकाले अनुदान घटाइएको भारतीय अधिकारीहरुको तर्क छ  । भारतले यो वर्ष भुटान, बंगलादेश र श्रीलंकालाई दिने आर्थिक सहायतामा पनि कटौति गरेको छ ।