Thaha

Saturday 21 September - 11:28 pm NST

नयाँ शक्तिले दुई महिनासम्म सामाजिक अभियान सञ्चालन गर्ने

काठमाण्डौं, फागुन १८ । डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले दुई महिनासम्म सामाजिक अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा ५ दिनसम्म बसेको केन्द्रीय सचिवालयको बैठक नागरिक र देशको समस्या केन्द्रित दुई महिने देशभर अभियान चलाउने निर्णय गरेको हो ।

शिक्षा÷स्वास्थ्य महंगी, कृत्रिम अभाव, भूकम्प–पीडित जनताका समस्यासँग सम्बन्धित, विभिन्न हिंसा विरुद्धका सामाजिक अभियानहरु चलाउन लागेको नयाँ शक्ति अभियानले आज निकालेको विज्ञप्तिमा छ । संयोजक भट्टराईले निकालेको विज्ञप्ति अनुसार तत्कालै हरियो काठमाडौं, सफा काठमाडौं सञ्चालन गर्ने , भ्रष्टाचारविरुद्ध हेल्प डेक्स स्थापना, नेपाली उत्पादनको प्रयोगमा, राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान, ‘महिलाविरुद्ध हिंसामा शून्यसहनशीलता’ अभियान चलाइने छ ।

महिलाविरुद्ध हिंसामा शून्य सहनशीलता अभियान भने मार्च ८ अर्थात् फागुन २५ गते सुरु गरिने छ ।