Thaha

Friday 26 April - 3:45 pm NST

नेप्से परिसूचक साढे ५ अंकले बढ्यो

काठमाण्डौं, फागुन १८ । शेयर बजार सुचक उकालो लाग्ने क्रम आजपनि जारी रह्यो । साताको तेस्रो दिन आज ५ दशमलवव ५८ अंकले बढेर नेप्से परिसूचक १ हजार २ सय ८९ दशमलव ५२ अंकमा पुगेर रोकिएको छ ।

नेप्से हिजो शून्य दशमलव २७ अंकले बढेको थियो । हिजो ३ अंकले गिरावट आएको बाणिज्य वैंक समूहको सुचक आज ३ दशमलव ०४ अंकले बढेको छ । बजारमा सबैभन्दा धेरै उत्पादन समूहको सुचक २० दशमलव ७६ अंकले हरियो भयो । यस्तैगरी  विकास वैंक १९ दशमलव २५, विमा ११ दशमलव ६२, फाईनान्स १० दशमलव ४२ र अन्य समूहको सूचक १ दशमलव १८ अंकले हरीयो भए ।

हिजो कमाएका होटल र जलविद्युत समूहका लगानीकर्ता भने आज निराश हुनुपर्यो । होटल र जलविद्युत समूह क्रमशः ० दशमलव २६ र ० दशमलव ४७ अंकले घटेका छन् । बजारमा आज १ सय २३ कम्पनीका १० लाख ४८ हजार ९ सय १८ कित्ता शेयर किनबेच हुंदा ५१ करोड २७ लाख २१ हजार रुपैंयाको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।