Thaha

Saturday 21 September - 11:04 pm NST

फेवातालमा ७ जना प्याराग्लाइडर खसे, सबैको सकुशल उद्धार


काठमण्डौं, १८ फागुन । 
हावाहुरीका कारण पोखराको फेवातालमा ७ जना प्याराग्लाइडर खसेका छन् । पोखरामा जारी प्यारागलाइडिङ प्रि वल्डकपमा भाग लिएकाहरु फेवातालमा खसेका हुन् । प्याराग्लाइडमा रहेका सात पाइलटको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय कास्किले जनाएको छ । यस्तै प्रतियोगितामा भाग लिएको एक जना प्याराग्लाइडर भने अर्मलाको जंगलमा खसेका थिए । त्यसमा सवार प्रतियोगीको पनि सकुशल उद्धार भएको प्रहरीले जनाएको छ ।

प्याराग्लाइडिङमा सबै विदशे खेलाडी थिए । प्रि वल्डकपका लागि ९८ वटा प्याराग्लाइड उडेकोमा हावाहुरीको वेगले गर्दा ८ वटा खसेको प्रहरीको भनाई छ । सराङकोटबाट उडेर फेवातालको पश्चिम किनारमा अवतरण गर्नुपर्नेमा फेवातालमा खसेको हो ।