Thaha

Wednesday 17 September - 1:46 am NST

वर्गिय तथा जातिय विभेद अन्त्य गर्न नै संघिय गणतन्त्रण स्थपना भएको: प्रचण्ड


काठमण्डौं, १८ फागुन । 
एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्गिय तथा जातिय विभेदको अन्त्य गर्न नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनु भएको छ । माझी राष्ट्रिय मुक्ति मोर्चा, नेपालले आज लदी पर्वको अवसरमा ललितपुरको बालकुमारीमा गरेको कार्यक्रम अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एउटा वर्ग धनी, अर्को वर्ग गरीब, एउटा जाति अधिकार सम्पन्न र अरु जाति अधिकार विहिन भएको व्यवस्थाको अन्त्य गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।’

धेरै कुरा संविधानमा व्यवस्था भए पनि व्यवहारमा अझै लागू नभएको भन्दै प्रचण्डले माझी समुदायमा आफ्नो पहिचान र अधिकारमा जागरुकता आएकोमा आफुलाई खुशी लागेको बताउनु भयो । माझी जस्तै अल्पसंख्याक समुदायको अधिकार र विकासको लागि एमाओवादी लागिपरेको उहाँको भनाई थियो । अन्य जाति तथा धर्मका समुदायका पर्वलाई सूचिकृत गरिएको जस्तै माझी समुदायको लदी पर्वलाई पनि सूचीकृत गर्न सरकार र उच्च स्तरीय राजनीतिक समितिमा प्रस्ताव राख्ने प्रचण्डले आश्वसन दिनुभयो ।