Thaha

Sunday 22 September - 1:28 am NST

२ अर्ब ३० करोड अनुदान सहायतमा हस्ताक्षर


काठमाडौं, १७ फागुन । बेलायतले नेपाललाई २ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । इभिडेन्स फर डेभलपमेन्ट कार्यक्रमका लागि बेलायतले सहायता प्रदान गर्न लागेको हो ।

आज अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र बेलायती सहयोग नियोग डीएफआईडीका नेपाल प्रमुख डा. गेल मार्टेजीले अनुदान सहायता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहायता रकम इभिडेन्स फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत नीति निर्माण तहमा प्रमाणको प्रयोग गर्ने संस्कृतिको विकास गर्न खर्च गरिने उल्लेख छ । कार्यक्रम चारवर्ष सम्म सञ्चालन हुनेछ ।