Thaha

Saturday 21 March - 4:39 am NST

एमाले नेता नेपालद्वारा राष्ट्रिय सहमतिको सरकारमा जोड


काठमाडौं, १७ फागुन । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । डडेलधुरामा पत्रकारसँग बोल्दै एमाले नेता नेपालले राष्ट्रिय सहमतिको सरकारमा जोड दिनुभएको हो । ‘संविधानको पूर्ण कार्यान्वयनका लागि अब राष्ट्रिय सहमतिको सरकार आवश्यक छ,’ नेता नेपालले भन्नुभयो– ‘वर्तमान सरकारलाइ नै राष्ट्रिय सरकारको आकार दिन सकिन्छ ।’ दलहरुबीच नयाँ सहमति कायम गरी नयाँ सरकार पनि गठन गर्न सकिने नेपालको भनाई छ । जनप्रतिनीधि नहुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेको भन्दै नेता नेपालले अबिलम्ब स्थानीय चुनाव गर्न सबै तयार हुनुपर्नेमा जोड दिनुभयो ।