Thaha

Sunday 22 September - 1:57 am NST

हत्याको विरोधमा प्रदर्शन


काठमाडौं, १७ फागुन । कञ्चनपुरको झलारी पिपलाडीमा रेष्टुराँ सन्चालकको हत्या भएको विरोधमा ब्यवसायीहरुले विरोध प्रर्दशन गरेका छन् । ब्यापारीहरुले आज बिहानैदेखि कलुवापुर बजार बन्द गराएका हुन् । ब्यवसायीको सुरक्षाको माग गर्दै ब्यापरीहरुले प्रदर्शन गरेपछि प्रहरीले दोषिलाई पक्राउ गरी अनुसन्धान थालेको र कलुवापुरमा प्रहरी बिट राख्ने आश्वसन दिएपछि अहिले प्रशर्दन रोकिएको छ । तर बजार बजे बन्द नै रहेको पत्रकार राजेन्द्र पनेरुले थाहा सनचार नेटवर्कलाई जानकारी दिनुभयो । पिपलाडी नगरपालिका–११ कलुवापुरमा आज बिहान बैतडी होटल एन्ड रेस्टुराँका सञ्चालक ४० वर्षिय दामोदर अवस्थीको घाँटी रेटेर होटलभित्रै हत्या गरिएको थियो । घटनामा संलग्न रहेको आंशकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ गरिएको व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।