Thaha

Saturday 20 April - 11:18 am NST

काभ्रेमा गरिबी न्यूनिकरणमा नीजि बन प्रभावकारी बन्दै


काठमण्डौं, १६ फागुन । 
काभ्रेमा गरिबी न्यूनिकरणमा नीजि बन प्रभावकारी हुदै गएको नीजि बन धनीहरुले बताएका छन् । काभ्रेकोे बुडोलमा आज जिल्ला वन कार्यालय, धुलिखेलले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले नीजि वनबाट भरपुरलाभ उठाउन सकिने बताएका हुन् । खेर गएका बाझो जग्गाको सदुपयोग गर्दै नीजि वनमा जडीबुटी, काष्ठ वन पैदावरको खेती गरी लाभ उठाउन सकिने नीजि बन संजाल, काभ्रेका सचिव गोपाल प्रसाद तिमल्सीनाले बताउनुभयो । उहाँले त्यसका लागि नीजि बन धनीको क्षमता अभिवृद्धी र संस्थागत विकासमा जोड दिनुभयो ।

जिल्ला वन कार्यालय, काभ्रेका वन अधिकृत प्रेम खनालले नीजि बनमा आयआर्जन हुने र छिटो वढने प्रजातीका विरुवा रोप्न सुझाव दिदै नीजि बनले राष्ट्रिय अर्थतन्त्रमा ४६ प्रतिशत योगदान दिएको बताउनुभयो । उत्तीस, पाटेसल्ला, चिलाउने, साल, लौठसल्ला लागागतका प्रजातीबाट बन धनिले लाभ उठाउन सक्ने सरोकारबावालाको भनाई छ । जिल्ला वन कार्यालयका अनुसार आर्थिक वर्ष ०७१/०७२ मा नीजि आवादी बनवाट १९ लाख ९ हजार ७ सय ७८ क्यूफिट काठ निकासी भएको छ । जसबाट ३४ लाख २६ हजार ६ सय १ राजश्व समेत संकलन भएको छ । जिल्लामा १४ दशमलब २७८ हेक्टर क्षेत्रफलमा नीजि वन रहेको छ ।