Thaha

Sunday 22 September - 1:14 am NST

मधेसी मोर्चा अर्को चरणको आन्दोलनको तयारीमा / सचिवालय विस्तार

काठमाडौं, १५ फागुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अर्को चरणको आन्दोलनको गर्ने तयारी थालेको छ ।
संघीय समाजवादी फोरमको कार्यालय तिनकुने काठमाडौंमा शनिबार बिहान बसेको मोर्चाको बैठकले सचिवालय विस्तार गर्दै आन्दोलनको तयारी तिब्र पार्ने निर्णय गरेको हो । आइतबार सचिवालयको बैठक बसेर आन्दोलनको कार्यक्रम बनाउने सचिवालयका सदस्य एवं सद्भावना पार्टिका महासचिव मनिषकुमार सुमनले जानकारी दिनभुयो । मोर्चामा थपिएका ३ दललाई समेटेर सचिवालय सदस्य विस्तार गरिएको छ । 
सचिवालयमा राष्ट्रिय मधेस समाजवादी पार्टिबाट केशव झा, नेपाल सद्भावना पार्टिबाट कौशलेन्द्र मिश्र र फोरम गणतान्त्रिकबाट परमेशकुमार साह थपिनुभएको छ । मोर्चाको बैठकले ११ बुँदे माग सम्बोधन लगायतको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । आफूहरुले आमहड्ताल र नाकाको धर्ना मात्र स्थगित गरेकाले अब काठमाण्डौं केन्द्रित आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरिएको मोर्चाका नेताहरुले बताएका छन् । मधेसी मोर्चाको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण असफल भएको निष्कर्ष निकालेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।