Thaha

Sunday 22 September - 1:40 am NST

एयर काष्टमाण्डपको विमान कालिकोटमा दुर्घटना


काठमाण्डौं, फागुन १४ । नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको 9N–AJB विमान कालिकोट–३ चिलखायामा आकस्मीक अवतरण गर्ने क्रममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा विमानका पाईलट दिनेश न्यौपाने र को—पाईलट सन्तोष रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । विमानमा चालक दलका २ सदस्य सहित ११ जना सवार थिए । विमानमा यात्रुहरु मेघराज गिरी, जगदम्बा खत्री, उहाँका नाबालक बच्चा, गणेश भट्टचन, सोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्द भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री रहेको अञ्चल प्रहरी कार्यालय भेरीले जनाएको छ ।

नेपालगन्जबाट दिउँसो १२ बजेर ५ मिनेट जांदा उडेको विमानमा खरावी आएपछि आकस्मिक अवतरण गराउन खोज्दा दुर्घटनामा परेको हो । अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी निरीक्षक दिवस जिसीका अनुसार १ बजेर ५ मिनेटमा विमान दुर्घटनामा परेको खवर आएलगत्तै प्रहरी चौंकी पागमघाटको टोली घटनास्थलम पुगेको थियो ।

घटनास्थलमा कालिकोट, जुम्लाबाट प्रहरी टोली उद्धारमा खटिएको मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी माधव नेपालले जानकारी दिनुभयो ।