Thaha

Sunday 22 September - 1:34 am NST

बेलायती राजकुमार ह्यारी चैतमा नेपाल आउने

काठमाण्डौं, फागुन १३ । बेलायती राजकुमार ह्यारी आगामी चैत सात गते नेपाल भ्रमणमा आउनुहुने भएको छ । राजकुमार ह्यारीको नेपाल भ्रमण चैतको ७ गते अर्थात मार्च २० देखि २३ सम्म तय भएको किङ्सटन प्यालेसले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

बेलायती राजकुमार नेपाल आउने यसअघि नै चर्चा चलेकोमा आज मात्रै मिति तय भएको हो । राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ । साथै भूकम्प पीडितहरुलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिनुहुनेछ ।

राजकुमार ह्यारीले पोखरामा ब्रिटिस गोर्खा क्याम्पको भ्रमण गर्ने र एक नेशनल पार्कको भ्रमण गर्ने तथा ट्रेकिङ गर्ने समेत कार्यक्रम तय भएको किङ्सटन प्यालेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।