Thaha

Saturday 20 April - 5:21 pm NST

अमेरीकी राष्ट्रपतीद्धारा नेपाललाई विशेष व्यापार ग्राह्यता प्रदान गर्ने कानुनमा हस्ताक्षर

काठमाण्डौं, फागुन १३ । अमेरिकाले नेपाललाई विशेष व्यापार ग्राह्यता प्रदान गर्ने भएको  छ । राष्ट्रपति बाराक ओबामाले नेपाल ट्रेड पे्रफरेन्सेस बिल अर्थात नेपाललाई विशेष व्यापार ग्राह्यता प्रदान गर्ने विधेयकमा हस्ताक्षर गर्नुभएको हो ।

ओबामाले हस्ताक्षर गरेको ३० दिनमा विधेयक लागु हुनेछ । अब अमेरिकामा मात्रै २५ अर्ब रुपैंयाको तयारी पोशाक लगायत अन्य सामग्री निर्यात गर्नसक्ने बाटो खुलेको छ । नयाँ कानुनले निश्चित गलैंचा, टोपी, च्यादर, लगायतका ६६ प्रकारसम्मका सामग्रीमा भन्सार छुट दिनेछ ।

वैशाखको भुकम्पपछि नेपालको आर्थिक उन्नतीका लागि सघाउने गरी प्रस्ताव गरिएको नेपाल सम्बन्धी कार्यक्रमलाई १० वर्षका लागि स्वीकृती प्रदान गरिएको नेपालमा रहेको अमेरिकी दुतावासले जनाएको छ । जनरल सिस्टम अफ प्रेफरेन्सेस अन्तर्गतका सुविधाका लागि हालसम्म अयोग्य रहेका नेपाली निर्यात सामग्रीलाई कार्यक्रमले भन्सार छुट दिने अमेरिकी दुतावासले जनाएको छ ।

कानुनले व्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृत प्रदान गरेको छ । कार्यक्रम विश्व व्यापार सहजीकरण सम्झौता टिएफएको कार्यान्वयनमा नेपाललाई सघाउने कार्यमा केन्द्रित रहेको दुतावासले जनाएको छ ।

यो नेपाली व्यापार व्यवसायका लागि अमेरीकि बजारमा आफ्नो निर्यात बढाउने निक्कै ठुलो अवसर भएको बताउंदै नेपालका लागि अमेरिकी राजदुत अलाईना बी.टेप्लेट्जले भन्नुभयो “टीएफए कार्यान्वयनसम्बन्धि नेपालका योजना र अमेरिकी सरकारले यस लक्ष्यतर्फ कसरी योगदान गर्न सक्दछ भन्ने विषयमा हामीलाई थप जान्ने उत्सुकता छ ।”