Thaha

Sunday 22 September - 1:29 am NST

२४ बर्षसम्मका ८१ प्रतिशत नेपाली महिला पूर्ण रुपमा सन्तुष्ट


काठमाडौं, १३ फागुन । नेपालका २४ बर्षसम्मका ८१ प्रतिशत महिला आफ्नो जीवनदेखी पूर्ण सन्तुष्ट रहेको एक तथ्याङकले देखाएको छ । युनीसेफ र राष्ट्रिय तथ्याङक विभागले बालबालीका र महिलामा केन्द्रीत भएर गरेको अध्ययनपछि सार्वजनीक गरेको नेपाल बहुसुचक अन्तिम सर्वेक्षण २०७२ अनुसार २४ बर्षसम्मका ८१ प्रतिशत विवाहित तथा अविवाहित नेपाली महिला आफ्नो जीवनदेखी पूर्णरुपमा सन्तुष्ट देखिएका छन् । ८२ प्रतिशत जवान महिलाले आफू निक्कै खुसी भएको बताएका छन् । तथ्याङकअनुसार ११ प्रतिशत महिलाको संचारमा पहूंच रहेको र १९ प्रतिशतले हप्तामा एकपटक पत्रपत्रीका पढ्ने गरेको पाईएको छ । यस्तैगरी नेपालमा कुल १ हजार जिवीत जन्मिएका शिशुमध्ये ३३ जनाको मृत्यु हुने गरेको छ । नवजात शिशुको मृत्युदर २३ प्रतिशत रहेको र जीवित जन्मिएका १ हजारमध्ये ५ वर्षमुनीका ३८ जनाको मृत्यु हुने गरेको छ । कुल जन्मदर २ दशमलव ३ प्रतिशत रहेको  छ । नेपालको २ करोड ८० लाख जनसंख्यामध्ये ५६ लाख मानीसले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्ने गरेको र १९ प्रतिशतले अहिलेपनि आयोडिनयुक्त नुन प्रयोग नगर्ने सर्वेक्षणले देखाएको छ । आयोडिनयुक्त नुन प्रयोग नगर्नेमा धेरै तराईमा वसोवास गर्नेहरु छन् । नेपालका ९३ प्रतिशत मानिसले मात्र स्वस्थ खानेपानीको प्रयोग गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ । राष्ट्रिय योजना आयोगले यही सर्वेक्षणका आधारमा योजना नीति तथा कार्यक्रम तयार हुने बताएको छ । युनीसेफ र तथ्याङक विभागले ७५ वटै जिल्लामा सवेक्षण गरेको थियो ।