Thaha

Sunday 22 September - 1:20 am NST

प्रधानमन्त्री गुजरातमा

काठमाडौं, ११ फागुन । भूकम्पपछिको पुनःनिर्माणको नमुनाको रुपमा रहेको भारतको गुजरात राज्यको भुजमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीले भुजको जस्तै नेपालमा पनि छिट्टै पुनःनिर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 
भुजको भिमासर जिल्लामा गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भुजमा भएको पुनःनिर्माण अभियानबाट आफू प्रभावित मात्र नभई धेरै सिकेको भन्दै आफ्नो भुजसँग साईनो गासिएको बताउनुभयो । ‘नेपाल भारत सम्बन्ध गाढा छ, हरेक क्षेत्रमा छ, छुट्टीनै सकिदैन ।’ आफ्नो भ्रमणले नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताउँदै प्रधानमन्त्रीलेभ भन्नुभयो– अनुहार र भाषा पनि एउटै छ । मैले गुजरातमा नेपाली पन देखे ।’ 
नेपालमा समावेशी संविधान जारी भएपछि अब विकास र पुनःनिर्माणको यूग सुरु भएको भन्दै भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आब्हान गर्नुभयो । 
प्रधानमन्त्रीले भुजमा रहँदा त्यहाँका नागरिकलाई भेट्नुका साथै पुनःनिर्माण भएका घर घरमा गएर त्यसको अवलोकन गर्नुभयो ।