Thaha

Sunday 22 September - 1:16 am NST

मोर्चाकै घटकको उदासिनताले आन्दोलन कमजोर बन्यो : सद्भावना

काठमाडौं, ११ फागुन । सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध अरु दलको उदासीनताका कारण मधेस आन्दोलन कमजोर बनेको निष्कर्ष निकालेको छ । 
काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलनको समीक्षा गर्दै मोर्चाका अरु घटक आन्दोलनप्रति उदासीन बन्दा आन्दोलन हुन नसकेको ठहर गरेको हो । शीर्ष नेताहरुको अगुवाईमा अवरोध गर्ने निर्णय अनुसार आफ्नो पार्टीले वीरगंज–रक्सौल नाका अवरुद्ध गरे पनि मोर्चाका अन्य घटकले विराटनगर–जोगबनी, बेलहिया–सुनौली लगायतका सीमा नाकामा अवरोध नभएको सद्भावनाले गुनासो गरेको छ । वीरगंज–रक्सौलझै सम्पूर्ण सीमानाका पूर्णरुपमा बन्द गराउन सकेको भए राज्यलाई घुडा टेकाउन संभव रहेपनि अन्य नाका खुला भएपछि आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको सद्भावनाले स्पष्ट पारेको छ ।