Thaha

Sunday 22 September - 1:54 am NST

संखुवासभालाई केन्द्रविन्दु बनाएर भुकम्प


काठमाडौं, ११ फागुन । संखुवासभामा बिहान भूकम्प गएको छ । बिहान ८ बजेर ४५ मिनेटमा माङ्तेवा नजिक केन्द्रविन्दु भएको ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । झण्डै एक महिनाअघि सिरहा केन्द्रविन्दु भएको ४ दशमलब २ रेक्टरस्केलको भूकम्प गएको थियो । तर वैशाख १२ को गोरखा भूकम्पको पराकम्प भने आउने क्रम चलिरहेको छ । अस्ति राती गोरखानै केन्द्रविन्दु भएको ५ दशमलब ५ रेक्टरस्केलको पराकम्प गएको थियो । गोरखा भूकम्पपछि अहिलेसम्म चार रेक्टरस्केल माथिका ४ सय ३४ पराकम्प गएका छन ।