Thaha

Sunday 22 September - 2:06 am NST

भरी सिलिण्डर ग्याँसको बिक्रि शुरु


काठमाडौं, ११ फागुन । सरकारको निर्णयसंगै बजारमा भरी सिलिण्डर ग्यास बिक्री शुरु भएको छ । हिजो बेलुकादेखि नै बजारमा सबै कम्पनीका पूर्ण तौलको ग्यास सिलिण्डर पठाउन  शुरु गरिएको नेपाल ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिनुभयो । नाकाबन्दीको अन्त्य संगै ग्यासको आयात बढेपछि भरी सिलिण्डर बजारमा पठाउनु पर्ने व्यवसायीको माग सम्बोधन गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो भरी सिलिण्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको हो । भारतीय नाकाबन्दीपछि ग्यास आपूर्तिमा समस्या भएकाले नियमित वितरण हुँदै आएको १४ दशमलव २ किलो ग्यासलाई आधा गरी ७ दशमलव १ केजी ग्यास सिलिन्डर वितरण हुँदै आएको थियो । नाकाबन्दी खुलेपछि ग्यासको आयात र वितरण केही सहज भएपनि उपभोक्ताले सजिलै सिलिण्डर पाउन भने अझै केही समय लाग्ने छ । भारतीय आयल कर्पोरेसन आईओसीबाट सामान्य अवस्थामा ५५ देखि ६० बुलेट ग्यास लोड हुँदा मात्रै उपभोक्तालाई सहज रुपमा ग्यास पु¥याउन सकिने नेपाल आयल निगमले जनाएको छ । तर पछिल्लोे एक हप्ताको अवस्था हेर्दा सरदर ४० बुलेट मात्रै ग्यास लोड भएको छ ।

नाकाबन्दीका कारण ४÷५ महिना ग्यासको आयात प्रभावित भएकाले पहिलेकै परिमाणमा ग्यास आयात भएपनि वितरण पूर्ण रुपमा सहज हुन कम्तीमा १५÷२० दिन लाग्ने निगमले जनाएको छ । ४० बुलेटकै हाराहारीमा मात्रै आयात भए उपभोक्ताले सहज रुपमा ग्यास पाउन थप केही समय लाग्ने छ ।