Thaha

Sunday 22 September - 1:19 am NST

आवश्यकता अनुसार इन्धन खरिद गर्न पाईने


काठमाडौं, ११ फागुन । सरकारले कोटा प्रणाली खारेज गरेपछि उपभोक्ताले आवश्यकता अनुसार ईन्धन खरिद गर्न पाउने भएका छन् । वाणिज्य तथा आपुर्ति मन्त्रालयले हिजो ईन्धनको आयात केही सहज हुँदै गएकाले निश्चित परिमाणमा मात्रै विक्री गर्ने व्यवस्था हटाउने निर्णय गरेको थियो । नाकाबन्दीका कारण कम ईन्धन भित्रिएपछि आयल निगमले मोटरसाइकल ५ लिटर र गाडीलाई १५ लिटरसम्म मात्र इन्धन दिंदै आएको थियो । तर आजदेखि भने उपभोक्ताले आवश्यकता अनुसार तेल भर्न पाउने छन् । तर लामो समय पूर्ण अभाव भएको र उपभोक्तामा अझै पनि तेल नपाईने हो कि भन्ने डर कायमै रहेकाले पेट्रोल पम्पमा देखिने लाईन हट्न भने समय लाग्ने निगमले जनाएको छ । काठमाडौं उपत्यकामा सामान्य अवस्थामा दैनिक ३ लाख देखि ३ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख देखि ४ लाख ५० हजार लिटर डिजल वितरण हुँदै आएको छ । नाकाबन्दी खुलेपछि पनि मागको ७० प्रतिशत मात्रै आयात भईरहेकाले स्टकबाट थप गरि ईन्धन वितरण हुँदै आएको निगमले जनाएको छ ।