Thaha

Sunday 22 September - 1:55 am NST

भोलिदेखि भरी सिलिण्डर ग्याँस बेच्न दिने सरकारको निर्णय


काठमाडौं, १० फागुन । सरकारले भोलिदेखि भरी सिलिण्डर ग्याँस बेच्न दिने निर्णय गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले भरी सिलिण्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको हो । भारतीय नाकाबन्दीपछि सरकारले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको थियो । भोलिदेखि बजारमा भरी सिलिण्डर ग्यास उपलब्ध हुने आपूर्ति मन्त्रालयले जनाएको छ । व्यवसायीको चौतर्फी दबाब र नाकाबन्दीपछि ग्यासको आपूर्ति सहज भएपछि आपूर्ति मन्त्री गणेशमान पुनले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय स्थगित गरी भरी सिलिण्डर ग्यास बेच्ने निर्णय गर्नुभएको हो  ।  भारतबाट ग्यासको आयात बढेकाले भरी सिलिण्डर ग्यास दिन निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।