Thaha

Sunday 22 September - 1:48 am NST

सरकारले जनताको चाहना अनुसार काम नगरेको एकीकृत माओवादीको निष्कर्ष,


काठमाडौं, १० फागुन । प्रमुख सत्ता साझेदार एकीकृत नेकपा माओवादीले सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले सरकारलाई गतिशिल बनाउन आवश्यक रहेको समेत निष्कर्ष निकालेको महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो । स्थायी समितिले जनताको चाहना अनुसार काम गर्न गराउनका लागि  ढिलासुस्ती, भ्रष्टाचार र कालोबजारी नियन्त्रणका लागि सरकारलाई सुझाब दिने निर्णय भएको महराले बताउनु भयो । आफ्नो तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि जनताको चाहना र भावना अनुसार कामकारबाही अगाडी बढाउन समेत निर्देशन दिइएको महराले जानकारी दिनुभयो  । तर सरकार परिवर्तनका विषयमा छलफल नभएको महराले बताउनुभयो ।