Thaha

Sunday 22 September - 3:25 am NST

अनेरास्ववियुको अध्यक्षमा नबिना लामा बिजयी, भविश्यमा प्रधानमन्त्री बनेर देश चलाउने भनाई


काठमण्डौं, १० फागुन ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित हुनु भएको छ । गएराति सकिएको मत गणनामा प्रतिद्धन्द्धी दिपक गौतमलाई पराजित गर्दै लामा अध्यक्षमा निर्वाचित हुनु भएको हो । लामाले ८ सय ६५ मत ल्याएर बिजयी हुनु भएको हो भने दीपक गौतमले मत ६ सय ४९ प्राप्त गर्नुभयो । २० बर्षदेखी अखिलको राजनीतिमा क्रियाशिल नविना अखिलको दोस्रो महिला अध्यक्ष बन्नु भएको छ । यसअघि रामकुमारी झाँक्री अखिलको अध्यक्ष बन्नु भएको  थियो ।

यस्तै उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, शैलेश लामा र सुनिता बराल बिजयी हुनु भएको छ । भने महासचिवमा नविना लामा प्यानलको ऐनबहादुर महर बिजयी हुनु भएको छ ।  महरले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई १ सय ७१ मतले पराजित गर्नु भएको हो । त्यस्तै, सचिवाहरुमध्ये खुल्लातर्फ समिक बडाल, आरसी लामिछाने, सुदेश पराजुली र मकर खड्का विजयी हुनु भएको छ । महिला सचिवमा आरती लामा, मधेसीतर्फको सचिवमा ओसिम आलम र जनजातीतर्फबाट अमृत बुढा निर्वाचित हुनुभयो । पराजुली, लामा र आलम माधव नेपाल निकट मानिन्छन् ।

कोषाध्यक्षमा भने संस्थापनकै झपिन्द्र खत्री विजयी हुनु भएको छ । गत २८ गते सुरु भएको अखिल महाधिवेशनले दुई सातापछि बल्ल नयाँ नेतृत्व चयन गरेको हो । महाधिवेशनमा १५ सय ९७ प्रतिनिधि सहभागी भएकोमा १५ सय १९ मत खसेको थियो ।
नविनाको राजनिती यात्रा :


नव निर्वाचित अध्यक्ष नविना लामा अनेरास्ववियुको महेन्द्र मावि मादनकुँडारी काभ्रेको प्रारम्भिक कमिटीदेखि, जिल्ला कमिटी उपाध्यक्ष, बानेश्वर क्याम्पसको स्ववियु सचिव, सभापति भएर साझा विद्यार्थी फोरममा पनि निर्वाचत नेत्री हुनुहुनछ ।


उहाँ अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै दुई कार्यकाल सचिवालय सदस्य, एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिव समेत भइसक्नु भएको छ । लामा १२ वर्षको उमेरदेखि निरन्तर राजनीतिमा कृयाशिल हुनुहुन्छ । काठमाडौंको बानेश्वर क्याम्पसमा उच्च शिक्षा अध्ययन सुरु गर्नुभएको नविना ०६० सालको स्ववियु निर्बाचनमा बानेश्वर क्याम्पसको सचिव पदमा निर्वाचत हुनुभयो । ०६२ को निर्वाचनमा सोही क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित हुनु भएको थियो । 


जनकपुरमा भएको २० औँ राष्ट्रिय सम्मेलनबाट उनी सचिवालय सदस्यबाट उपाध्यक्षको जिम्मेवारीमा लिनुभयो । काठमाडौँमा सम्पन्न २१ औँ सम्मेलनबाट उहाँ पार्टी र संगठनको आग्रहमा एक पद घटुवा भएर महासचिवको उम्मेदवार बन्नु भएको थियो । निरन्तर राजनीतिमा लाग्नु भएका लामा भबिष्यमा देशको प्रधानमन्त्री बनेर देश चलाउने बताउनुहुन्छ ।  ‘