Thaha

Sunday 22 September - 3:25 am NST

सीमांकनको विवाद जनमतसंग्रहबाट टुंग्याउनुपर्ने एमाले नेता नेपालको भनाई

काठमाडौं, ९ फागुन । सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपालले सीमांकनको विवाद जनमतसंग्रह गरेर टुंग्याउनुपर्ने बताउनुभएको छ ।
मधेस केन्द्रित दलहरुले सीमांकन हेरफेरको माग गरिरहेका बेला आइतबार झापाको विर्तामोडमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले यस्तो बताउनुभएको हो । तराई, मधेसको आन्दोलनले स्थानीय जनतालाई उठ्नै नसक्ने गरी समस्यामा पारेको भन्दै नेता नेपालले अब तराई÷मधेसमा फेरि आन्दोलन नउठ्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नयाँ संविधानले सबै जनजाति, मधेसीलाई विशेषअधिकार दिएको बताउँदै मधेसी दलले भ्रम छरेको आरोप लगाउनुभयो । भारत र चीनसँगको सम्बन्धलाई नेपालले सामिप्यतामा राख्न चाहेको पनि उहाँको भनाई छ । 
त्रिदेशीय समझदारीका आधारमा मात्रै नेपालको आर्थिक विकास र प्रगति सम्भव हुने बताउँदै उहाँले छिटो स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।