Thaha

Sunday 22 September - 3:16 am NST

नेपाल र भारतवीच विकासका लागि ७ बुंदे सम्झौता

काठमाण्डौं, फागुन ८ । नेपाल र भारतवीच सहकार्य र विकासका लागि ७ बुंदे सम्झौता भएको छ । भारतको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षि नरेन्द्र मोदीको उपस्थितीमा हैदराबाद हाउसमा दुई देशका प्रतिनीधिवीच सम्झौता पत्र आदान प्रदान भएको छ ।

विश्वासका ९ प्रतिक शिर्षकमा भएको सझदारीमा वैशाखमा गएको विनासकारी भुकम्पपछि भारतले दिने घोषणा गरेको १ हजार करोड डलरको एकचौथाई अर्थात २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपमा ट्विटरमार्फत जानकारी दिनुभएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन भने सकेन । भारतको मुजफ्रपुर—ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने सम्झौतापनि दुई देशवीच भएको छ ।

 

तस्वीर : भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपको ट्विटरबाट

सम्झौता भएसँगै भारतबाट ८० मेगावाट बिद्युत आयात औपचारीक रुपमा सुरु भएको छ । ढल्केबर—मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिद्युतको आजज नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षि नरेन्द्र मोदीले संयुक्त रुपमा रिर्माटमार्फत स्वीच अन गरेर उद्घाटन गर्नुभएको छ । विद्युत खरीदविक्रीका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको एनभीभीएनबीच यसअघि नै सम्झौता भइसकेको छ ।