Thaha

Sunday 22 September - 3:28 am NST

माओवादी स्थायी समितिको बैठक भोली सम्मका लागि स्थगित

काठमाडौं, ७ फागुन । आज बिहान बसेको एकिकृत नेकपा माओवादी स्थायी समितीको बैठक भोलि सम्मका लागि स्थगित भएको छ । बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र सरकारमा सहभागी मन्त्रीहरु प्रजातन्त्र दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुनुपर्ने भएपछि स्थगित भएको प्रबक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अब भोलि दिउँसो बस्ने बैठकमा पार्टीको कामकारबाही र सरकारका बारेमा समिक्षात्मक छलफल हुनेछ । बैठकमा देशभर भएका पार्टीको संगठनात्मक गतिविधीहरु र आगामि कार्यक्रमका बारेमा छलफल हुने शर्माले बताउनुभयो ।