Thaha

Sunday 22 September - 3:19 am NST

नयाँ संविधानप्रति पूर्वराजा असन्तुष्ट

काठमाडौं, ६ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ संबिधान प्रति असन्तुष्टी जनाउनु भएको छ । 
नेपालको राष्ट्रियता, अखण्डता र राज्यव्यवस्थाको नयाँ विधि एवं प्रकृया भनेर पूर्व राजा ज्ञानेन्द्रले नयाँ संबिधान प्रति असन्तुष्टी जनाउनु भएको हो ।  ६६ औ प्रजातन्त्र दिवसका अवसरमा सन्देश दिदै पूर्व राजा शाहले नयाँ संबिधान नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ती साधक सिद्ध हुन नसकेको उल्लेख गर्नु भएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशिलताका लागि मैले आफू पञ्छिएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ, तर राष्ट्रको सर्वोत्तम समुन्नतीको आकाक्षाबाट म पृथक छैन ज्ञानेन्द्रले भन्नु भएको छ, दुर्भाग्यवस नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एव प्रकृया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ती साधक सिद्ध हुन नसक्नु सबैका लागि दुखद कुरा हो । 
पूर्व राजा ज्ञानेन्द्रले अहिले देशमा गतिहिनता, संवेदनहिनता, विग्रहको अवस्था देखिएको उल्लेख गर्नु भएको छ । उहाँले भविष्यको सुन्दर, सपना  शान्ति तथा स्थीरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको अनुभुती आफूलाई भएको उल्लेख गर्नु भएको छ । नेपालको एकिकरण, प्रजातान्त्रिकरण, आधुनिकीकरण एवं मुलुकको अखण्डाको संरक्षण गरी प्रजातान्त्रिक राज्य प्रणाली स्थापनाका निम्ती ऐतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ती समर्पित नेपाली जनता सबैको संयुक्त प्रयत्न रहको उल्लेख गर्नु भएको छ । 
ज्ञानेन्द्रले राष्ट्रको भुवनोट, सामाजिक स्वरुप, धर्म, संस्कृती र परम्परालाई स्पर्श गरेर सही बाटोमा लाग्न सबैलाई आव्हान समेत गर्नु भएको छ ।