Thaha

Sunday 22 September - 3:07 am NST

ग्यारेजमा आगलागी


काठमाडौं, ५ फागुन । काठमाडौं बौद्धमा रहेको कागज कारखाना र पेप्सीकोलामा रहेको एक ग्यारेजमा आगलागी भएको छ । काठमाडौं बौद्धमा संजय अग्रवालले संचालन गरेको कागज कारखानामा गएराती १ बजे आगलागी हुँदा कागजको तयारी कुटन ६ गाडि नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै तयारी हुन बाँकी ३ गाडि कागज र तयारी कागज बनाउने ६ वटा मेसिन जलेको छ । आगलागीको कारण खुलेको छैन । यस्तै काठमाडौं पेप्सीकोलामा रहेको नेपाल इन्जिनियरिङ वर्कसपमा मर्मतका लागि पार्किङमा राखिएको बा ५ ख १५१२ नम्वरको बसमा आगलागी भएको छ । बसभित्र बालेको मैनबत्तीबाट सल्लेको आगोले बा ५ ख ५४२८ र बा ४ ख ५२५५ नम्वरको बस र अरु २ वटा नयाँ बन्दै गरेका बसमा पनि आंशिक क्षति पुगेको छ ।