Thaha

Sunday 22 September - 3:11 am NST

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ५ फागुन । सरकार संचालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । दिउँसो एक बजे संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्ताका बिषयमा छलफल हुनेछ । बैठकले मधेशी मोर्चासँग भएको सहमति बमोजिम सिमांकनको विवाद टुंगो लगाउन उच्चस्तरीय राजनीतिक समिति गठनको निर्णय गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा भारत भ्रमणबारे जानकारी गराउने क्रममा आफ्नो भ्रमण अघि नै उच्चस्तरीय राजनीतिक समिति बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री पर्सि ७ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डामा पनि छलफल हुने उच्चस्तरीय समितिका संयोजक एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।