Thaha

Sunday 22 September - 3:26 am NST

पूर्व राज्यमन्त्री गिरिबहादुर केसीको निधन


काठमाडौं, ४ फागुन । राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गिरिबहादुर केसीको निधन भएको छ । मष्तिस्कघातका कारण बिरामी परेका नेता केसीको आज बिहान काठमाडौंको बाँसबारीस्थित न्यूरो अपस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका सह प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । प्यूठान जिल्ला पुर्खौली घर भएका नेता केसी काठमाडौंको बालुवाटारमा बसोबास गर्दै आउनु भएको थियो । उहाँको पार्थिव शरीरलाई भोली विहान ११ देखि २ बजे सम्म पार्टी केन्द्रीय कार्यालय चावहीलमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने सह प्रवक्ता गिरीले बताउनुभयो । त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीको पनि निधन भएको छ । लामो समयदेखि मुटुको समस्याबाट पीडित भण्डारीको हिजो बेलुकी हृदयघातका कारण निधन भएको हो । तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका भण्डारी ३५ वर्षदेखि यातायात व्यवसायमा संलग्न हुनुहुन्थ्यो । विक्रम संवत २०११ सालमा बैतडीमा जन्मिएका भण्डारीले महाकाली यातायात व्यवसायी संघमा १६ वर्षसम्म विभिन्न पदमा रहेर काम गर्नु भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदै छ ।