Thaha

Sunday 22 September - 3:12 am NST

एकीकृत माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच पार्टी एकता हुने निश्चित


काठमाडौं, ४ फागुन । एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीचको पार्टी एकता हुने निश्चित भएको छ । केहीदिनदेखि दुवै पार्टीका शीर्षनेताहरुले गरेको अनौपचारिक छलफलका क्रममा एकता हुने निश्चित भएको हो । नेकपा क्रान्तिकारी माओवादीका नेता देव गुरुङ्गले एकता हुने निश्चित भएपनि वैचारिक एकताका लागि प्रयास भैरहेको बताउनु भयो । त्यसका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणबीच अनौपचारिक छलफल चलिरहेको उहाँले बताउनु भयो । पार्टी एकता हुने निश्चित भएपछि भ्रातृ संगठन र शुभेच्छुक संगठनका अधिवेशन रोक्न थालिएको छ । यहि सात र आठ गते काठमाडौंमा अधिवेशन तय भएको एकीकृत नेकपा माओवादीको शुभेच्छुक संगठन क्रान्तिकारी पत्रकार संघको अधिवेशन रोकिएको छ  । दुवै दल निकट पत्रकारका संगठनले एकताका लागि तयारी समेत थालेका छन ।