Thaha

Sunday 22 September - 5:15 am NST

यातायात विभागका प्राविधिक उपनिर्देशक पोखरेल विरुद्द मुद्दा दायर


काठमाडौं, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक उपसचिव नविन कुमार पोखरेल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भारतको एभन साईकल लिमिटेडबाट ईलेक्ट्रिक स्कूटर नेपाल आयात गर्ने क्रममा भ्रष्टाचार गरेको आरोपमा पोखरेलविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । पोखरेलले आयातकर्तासँग ३६ वटा स्कुटरको ५ हजार रुपैंयाका दरले १ लाख ८० हजार घुस लिएको आयोगले दावी गरेको छ । अख्तियारले १ लाख ८० हजार रुपैंया विगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार जरिवाना र कैद सजाय हुनुपर्ने माग गरेको छ ।