Thaha

Sunday 22 September - 5:26 am NST

शिक्षा मन्त्री पोखरेलद्धारा एस.एल.सिको प्रश्नपत्र छपाईको अनुगमन


काठमाडौं, ३ फागुन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आज एस.एल.सिको प्रश्नपत्र छपाईको अनुगमन गर्नु भएको छ । सानोठिमीमा रहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा पुगी आगामी चैत्रमा  हुने एसएलसी परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाईको अवस्था अवलोकन गर्नु भएको हो । मन्त्री पोखरेललाई प्रश्नपत्र छपाई र सुरक्षा अबस्थाका बारेमा जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध संचालक अनिलकुमार झा र परीक्षा नियन्त्रण कार्यालयका प्रतिनिधीले जानकारी गराउनु भयो । आगामी चैत्र १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षाका लागि प्रश्नपत्र छपाई भैरहेको छ ।