Thaha

Sunday 22 September - 5:13 am NST

सौर्य सडकबती कार्यक्रम कार्यवन्यन प्रकृया शुरु


काठमाडौं, ३ फागुन । सरकारले ल्याएको जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम कार्यवन्यन प्रकृया शुरु भएको छ । कार्यक्रम अन्तरगत काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सडकहरुमा सौर्यबत्ति जडान गर्न आवश्यक ठाउँकालाई आवेदन आह्वान गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सुचना जारी गर्दै सडक सौर्यबत्तिका लागि सारोकारवाला टोल, उपभोक्ता समिती, विद्यालय, अस्पताललगायतलाई फागुन मसान्त सम्म आवेदन दिन भनेको हो । आवेदनका लागि सम्बन्धित वडा कार्यालय वा काठमाडौं महानगरपालिकाको शहरी पुर्वधार विकास विभागमा सम्पर्क गर्न सकिने जनाएको छ । सडक सौर्य बत्ति जडानको लागि लाग्ने खर्चमा नेपाल सरकारले ६० प्रतिशत, काठमाडौं महानगरपालिकाले २५ प्रतिशत अनुदान दिनेछ भने उपभोक्ताले १५ प्रतिशत लागानी गर्नुपर्ने ब्यवस्था छ । सरकारले देशभरका नगर क्षेत्रका ७ सय १० सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने लक्ष्यसहित ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ ल्याएको हो ।