Thaha

Sunday 22 September - 5:16 am NST

कांग्रेस नेता आर्चयाको स्वास्थ्यमा धेरै सुधार


काठमण्डौं, २८ माघ । 
नेपाली काँग्रेसका नेता नरहरि आचार्यको स्वास्थ्यमा धेरै सुधार आएको छ ।  मष्तिस्कघात भएर न्यूरो अस्पताल बाँसबारीमा भर्ना गरिएका नेता आचार्यको स्वास्थ्यमा धेरै सुधार आएको उपचारमा संलग्न चिकित्सकले वताएका काँग्रेस काठमाडौका सदस्य रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार आचार्यलाई आज बिहान डाक्टरले फिजियोथेरापी गराएको छ ।

हिजो बेलुका चिया पिउनु भएको आचार्यको आज स्वास्थ्यमा धेरै नै सुधार आएको तर चिकित्सकले बोल्न भने नदिएको घिमिरेले बताउनु भयो । सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री भिम रावल, चित्रबहादुर केसी लगायत काँग्रेसका नेता कार्यकर्ताले अस्पताल पुगेर आचार्यको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । नेता आचार्य, कांग्रेस सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिए लगत्तै एक्कासी अस्वस्थ हुनु भएको थियो ।