Thaha

Sunday 22 September - 5:07 am NST

अनेरास्ववियुको २२ औं महाधिसेन आजदेखि काठमण्डौंमा


काठमण्डौं, २८ माघ ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २२ औं महाधिवेशन आजदेखि काठमण्डौंमा शुरु हुँदैछ । भृकुटीमण्डपमा हुने महाधिवेसनको दिउँसो १ बजे एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । हिजो नै शुरु हुने भनिएको अधिवेशन नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएपछि एक दिनपछि सारिएको हो । फागुन १ गतेसम्म चल्ने अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ ।

‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार ः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने नारासहित हुन लागेको महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतमको समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । लामा संस्थापन पक्षबाट र गौतम माधवकुमार नेपाल पक्षबाट अध्यक्षको उम्मेदवार बन्नु भएको हो । संस्थापन पक्षबाट उपाध्यक्षमा महेश बर्तौला, रश्मी आचार्य, सुनीता बराल र शैलेश लामाको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै महासचिवमा ऐन महरलाई अगाडि सारेको छ ।

यस्तै नेपाल पक्षबाट उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, सरोज यादव, निलकण्ठ आचार्य तथा महासचिवमा अब्दुल हुसेन खाँले उम्मेदवारी दिनुहुनेछ । सम्मेलनमा देशभरबाट एक हजार ५ सय प्रतिनिधि पर्यवेक्षकले भाग लिने अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो । बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बेलुकी नै शुरु गर्ने तयारी रहेको लामिछानेले थाहासन्चार नेटवर्कलाई जानकारी दिनुभयो ।