Thaha

Saturday 20 April - 12:05 pm NST

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि हरेक दिन चार घण्टा बन्द हुने


काठमण्डौं, २८ माघ । 
सडक मर्मत तथा बिस्तारका लागि नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि हरेक दिन चार घण्टा बन्द हुने भएको छ । सडक विभाग अन्तरगत नारायणगढ–मुग्लिन सडक आयोजनाले बिहानको ११ देखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुने जनाएको हो ।  ४ घण्टामा दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने भएका कारण हरेक दिन ४ घण्टा सडक बन्द गर्नु परेको आयोजनाले जनाएको छ ।  

दिनको ४ घण्टा सडक बन्द भए पनि बाँकी समयमा दुवै तर्फ बाटो सञ्चालन हुनेछ । बन्दको समयमा गाडीलाई मुग्लिन र जुगेडीमा रोक्न जिल्ला ट्राफिक कार्यालय चितवनले आग्रह गरेको छ । पश्चिम तर्फ जान सिद्धार्थ राजमार्ग र पूर्व जान त्रिभुवन राजपथलाई वैकल्पिक मार्गको रुपमा लिन सकिने पनि ट्राफिक प्रहरीले जनाएको छ ।