पूर्व प्रधानमन्त्री कोइरालाको शवयात्रा / कांग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य सहभागिता
काठमाडौं २७ माघ । नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री सुशील कोइरालाको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
काठमाडौं त्रिपुरेश्वरमा रहेको दशरथ रंगाशालाबाट करिब सवा २ बजेदेखि नेपाली सेना, नेपाल प्रहरीको सम्मानसहित कोइरालाको शवयात्रा सुरु भएको हो । त्रिपुरेश्वर, थापाथली, रामशाहपथ, पुतलीसडक, कमलपोखरी, रातोपुल हुँदै शवयात्रा पशुपति आर्यघाटतर्पm अघि बढेको छ । कोइरालाको पार्थिव शरीर फूलमालाले आकर्षक रुपमा सजाइएको गाडीमा राखिएको छ । शवयात्रामा कांग्रेस नेता, कार्यकर्ता, शुभेच्छुकको उल्लेख सहभागिता रहेको छ । कोइरालाको शवयात्राका कारण ती रुटमा चल्ने सवारी साधनलाई अन्यत्रैबाट पठाइएकोे छ ।
बुधबार नै हुने अन्त्यष्टिका लागि पशुपति आर्यघाटमा विशेष तयारी गरिएको छ । कांग्रेस सभापति कोइरालालाई सेनाले राष्ट्रिय धुनसहितको सलामी अपणर््ा गर्नेछ । कोइरालालाई भतिजा अतुल कोइरालाले दागबत्ती दिने र परम्परागत विधीअनुसार नै अन्त्येष्टि गरने नेपाली कांग्रेसले जनाएको छ । यसअघि विद्युतिय शवदहगृहमा अन्त्येष्टि गरिने भनिए पनि पारिवारिक चाहानाअनुसार दाउराको चितामै कोइरालाको अन्त्येष्टि हुनेछ ।
मंगलबारदेखि श्रद्धाञ्जलीका लागि कोइरालाको पार्थिव शरिर रंगशालामा राखिएको थियो । लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको सोमबार राती १२ बजेर ५० मिनेट जाँदा महाराजगञ्जस्थित निवासमै निधन भएको थियो ।