Thaha

Sunday 22 September - 5:18 am NST

पुर्वप्रधानमन्त्री कोइरालाको आज राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिँदै


काठमण्डौं, २७ माघ ।
नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री सुशील कोइरालाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ । त्रिपुरश्वरमा रहेको दशरथरंगाशालाबाट उहाँको पार्थिव शरिर राजकीय सम्मानका साथ शव यात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो । हिजोदेखि श्रृदान्जलीका लागि कोइरालाको पार्थिव शरिर रंगशालामा राखिएको छ । दिउँसो २ बजे सम्म रंगाशालामै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शवयात्रा हुनेछ । कोइरालाको पार्थिव शरिर, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुनारोबानेश्वर गौशाला हुदै पशुपति आर्यघाट पुरयाइनेछ । कोइरालालाई नेपाली सेनाले राष्ट्रिय धुनसहितको सलामी अर्पण गर्नेछ ।

कोइरालाको निधनमा सरकारले आज सार्वजानिक विदा दिएको छ ।  तीन दिन सम्म कुनै औपचारिका कार्यक्रम नगर्ने र ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ । त्यस्तै नेपाली काँग्रेसले पनि पार्टी कार्यालय फागुन तीन गतेसम्म बन्द गर्ने, १३ दिन सम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, फागुन एक गतेसम्म महाधिवेशन सम्बन्धी कुनै गतिविधि नगर्ने निर्णय गरेको छ ।

लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको अस्तिराती १२ :५० मा  महाराजगञ्जस्थित निवासमै निधन भएको हो । ७९ वर्षका कोईराला अविवाहित हुनुहुन्थ्यो । उहाँ केही दिनदेखि निमोनिया र ज्वरोका कारण पनि थप अस्वस्थ हुनुहुन्थ्यो । श्वास प्रश्वासमा समस्या भएर कोईरालाको निधन भएको र अस्पताल समेत लैजान नसकिएको उहाँका चिकित्सक करवीरनाथ योगीले बताउनु भयो ।  

कोईरालाको जन्म विक्रम सम्वत १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका साइला सुपुत्रका रूपमा विराटनगरमा भएको थियो । पिता जागिर शिलशिलामा नेपालगंज गएपछि कोइराला परिवार त्यहीँनै स्थायी रुपमा बसेको हो । २०७० माघ २७ गते मुलुकको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित कोइराला सरकारकै पालामा असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भयो ।