Thaha

Sunday 22 September - 5:26 am NST

कोइरालाको अन्त्येष्टि भोलिमात्र गरिने, राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने सरकारको निर्णय



काठमण्डौं, २६ माघ । 


नेपाली कांग्रेसका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भोलि मात्र अन्त्येष्टि गरिने भएको छ। कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले भोलि २ बजेपछि कोइरालाको अन्तिम संस्कार गर्ने निर्णय गरेको हो । भोलि दिउँसो २ बजेसम्म त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा राखिने र त्यहिबाट शव यात्रा शुरु गरी रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानोबानेश्वर गौशाला हुदै पशुपति लगिनेछ । कांग्रेसले पार्टी कार्यालयमा फागुन तीन गतेसम्म बन्द गर्ने एक गतेसम्म महाधिवेशन सम्बन्धी कुनै गतिविधि नगर्ने  काँग्रेसले निर्णय गरेको पनि गरेको छ । 


 

सरकारले राजकीय सम्मान दिने


सरकारले पूर्वप्रधानमन्त्री सुशील कोइरालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राजकीय सम्मान दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिनुभयो । त्यस्तै सरकारले भोलि एक दिन सार्वजनिक विदा दिने भएको छ । सरकारले ३ दिन सम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने र तीन दिन देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।