Thaha

Sunday 22 September - 5:22 am NST

नेपाली काँग्रेसका सभापति सुशील कोईरालाको निधन


माघ २६ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति १२ः ५० बजे  महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको नेपाली काँग्रेसका महामन्त्री प्रकाशमानसिंहले जानकारी दिनुभयो । ८० वर्षका कोईराला अविवाहित हुनुहुन्थ्यो । उनी केही दिनदेखि निमोनिया र ज्वरोका कारण पनि थप अस्वस्थ हुनुहुन्थ्यो । श्वास प्रश्वासमा समस्या भएर कोईरालाको निधन भएको उहाँका चिकित्सकले बताएका छन् । कोईरालाको निधनपछि महाधिवेशनका सबै प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित भएको नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु भेला भएका छन् । कोईरालाको पाथिव शरिर अहिले विहान आठ बजे पार्टी  कार्यालयमा लगिने  र ११ बजे केन्द्रीय समिति बैठक बस्नेछ ।  
को हुन् कोइराला ?
विक्रम सम्बत सन् १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा कोईरालाको बिरगन्जमा जन्म भएको थियो ।  २०७० माघ २७ गते मुलुको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित कोइराला सरकारकै पालामा असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो । कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विक्रम सम्बत २०१० सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । ०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत हुनुभएको थियो । कोईराला  पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गर्नुभएको थियो । पार्टीको एघारौँ महाधिवेशनपछि पार्टीको कार्यवाहक सभापति र १२ औं महाधिवेशनपछि कोईराला सभापति हुनुहुन्थ्यो । कोईरालाले ०४८ र ०५६ मा बाँकेबाट चुनाव जित्नुभएको थियो भने ०६४ पराजित हुनुभयो । तर ०७० मा भने फेरि निर्वाचित हुनुभयो । ०४८ सालमा चुनाव जिते यता लाभका पदको अवसर आएपनि कोईरालाले अस्वीकार गर्नुभएको थियो र २०७० माघ २७ गते एकै पटक मुलुकको कार्यकारी प्रमुख हुनुभएको थियो ।