Thaha

Sunday 22 September - 7:21 am NST

काग्रेसले पार्टीको जिल्ला नेतृत्व चयन गर्दै


काठमाडौं, २५ माघ । नेपाली कांग्रेसले आज आउँदो चार वर्षका लागि पार्टीको जिल्ला नेतृत्व चयन गर्दैछ । १३ औं महाधिवेशनको तेस्रो चरणको कार्यक्रमअन्तर्गत् आज काठमाडौं सहितका ६५ जिल्लामा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुन लागेको हो । गाउँ÷नगरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले निर्वाचन क्षेत्रका आधारमा आज सभापतिसहित १० देखि ५० जनासम्मको जिल्ला कार्यसमिति चयन गर्नेछन् । केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले विभिन्न जिल्लाको निर्वाचन दिउँसो हुने बताउनुभयो । निर्वाचनमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच कडा टक्कर पर्ने देखिएको छ । आन्तरिक विवाद र समस्याका कारण क्षेत्रीय  गाउँ÷नगर अधिवेशन नभएका धनुषा, पर्सा, सर्लाही, सिरहा, सप्तरी, भक्तपुर, सोलुखुम्बुसहित जिल्लामा आज अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ । आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको महाधिवेशन अन्तर्गत् माघ १ बाट तल्लो तहका अधिवेशन सुरु भएको थियो ।