Thaha

Sunday 22 September - 7:51 am NST

छुट्टा–छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु


काठमाडौं, २५ माघ । नवलपरासी र चितवनमा गाडी दुर्घटना हुँदा दुई भारतीय सहित ३ जनाको मृत्यु भएको छ । अरु १० जना घाइते भएका छन् । नवलपरासीको सूर्यपुरामा गएराति ट्याक्टर दुर्घटना हँुदा भारतीय नागरिक ६० वर्षीया कर्मावतीदेबी गुप्ता र १७ वर्षीय रमेश गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । तिर्थयात्रु लिएर भारतबाट त्रिवेणीतर्फ आउँदै गरेको ट्याक्टरकोे पछाडिको ट्रली भाचिँएर सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।। यस्तै, चितवनको खैरेनीस्थित सिमलटाँडीमा दुर्घटनाग्रस्त ट्रकमा यात्रुबस ठोकिँदा परिचालकको मृत्यु भएको छ । मृतक परिचालक मकवानपुर सुसेनी–४ का २५ वर्षीय सुशील बास्ताकोटी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसका १० जना यात्रु घाईते भएका छन् । गएराति ना ५ ख ६३ १९ नम्बरको यात्रुबाहक बस सिमलटाँडीमा दुर्घटनाग्रस्त ट्रकमा ठक्कर खाई पल्टिएको थियो ।