Thaha

Sunday 22 September - 7:19 am NST

नेहा’को हत्यारा पक्राउ


काठमाडौं, २५ माघ । मगर चलचित्रकी नायिकासमेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका एक युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्की स्रोतले बताएको छ । प्रहरीले दिउँसो १ बजे पत्रकार सम्मेलन गरे नेहा हत्याबारे जानकारी दिने कास्की प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिनुभयो । हेलमेटले हानेर नेहाको हत्या गरिएको अभियुक्तले स्वीकार गरेको प्रहरी स्रोतको भनाई छ । प्रहरी प्रमुख पालले भने यसबारे विस्तृत विवरण पत्रकार सम्मेलनमा नै दिने बताउनुभयो । मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत हुनुहुन्थ्यो । माघ १९ गते बिहान घरनजिकै हत्या भएको अवस्थामा नेहाको शव फेला परेको थियो ।